ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न निर्देशन

नेपालखोज २०७८ वैशाख १२ गते १८:१०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न आदेश दिएकाे हाे ।

कोभिड १९ को परीक्षण गर्दा नेपाली नागरिक, कुटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरुको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन दिएकाे छ ।

मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ

प्रतिक्रिया