सोमबार रातिदेखि बाँकेमा एक साताका लागि निषेधाज्ञा (आदेशसहित)

नेपालखोज २०७८ वैशाख १२ गते २०:५३

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले सोमबार रातिदेखि लागू हुने अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

प्रतिक्रिया