माछा खाँदा एकै घरका दिदीबहिनीको मृत्यु
नेपालखोज
२०७८ वैशाख १३ गते ८:१९

दाङ । स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लाग्दा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।
शनिबार बेलुका माछा खाएका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो ।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।
उपचारका क्रममा मृत्यु भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया