जाजरकोटमा २ दिनमा २० कोरोना संक्रमित थपिए
नेपालखोज
२०७८ वैशाख १३ गते ९:५४

जाजरकोट । देशभर दोस्रो लहरको कोरोना संक्रमण वढिरहेका बेला जाजरकोटमा पनि त्यसको प्रभाव परेको छ ।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र थप २० जना संक्रमित थपिएका छन् ।
कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको अस्पताल स्रोतले जनाएको छ ।
भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया