बिहीबार, वैशाख २०, २०८१

एनएमबि बैंकको कार्डबाट बस भाडा तिर्न सकिने

नेपालखोज २०७८ वैशाख १३ गते ११:३१


काठमाडौ । एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्य नजर गर्दै बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ ।

घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनल संग सहकार्य गर्ने गरी समझदारी गरेको छ ।

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया