बुधबार, जेठ १, २०८२

मध्य भोटेकोसीको आईपीओ वैशाख २१ देखि खुल्ने

नेपालखोज २०७८ वैशाख १३ गते १५:५०

काठमाडाैं । मध्य भोटेकाेसी जलविद्युत् कम्पनी लिमिटेडकाे आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएकाे छ ।

वैशाख २१ गतेदेखि निष्काशन हुने जम्मा सेरयमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा १ र ५, बाह्रबिसे नगरपालिका वडा ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा ७ र ८ का स्थायी बासिन्दामा बाँडफाँड गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दामा बाँडफाँड गरिनेछ।

कम्पनीले जम्मा ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। आईपीओका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईमएई क्यापिटल छ । सह-निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम चार सय कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ ।

प्रतिक्रिया