काेरोना कहरबीच यसरी मनाइयो मनमोहन स्मृति दिवस ( तस्बिरसहित )

काठमाडाैं । नेकपा (एमाले)का संस्थापक अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री अधिकारीको स्मृतिमा यस वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नसकिएपनि उनको सम्झनामा विभिन्न व्यक्तित्वहरुले काठमाडौंको सानेपामा पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन् ।
मनमोहन स्मृति प्रतिष्ठान र नेकपा एमालेले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आएपनि यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण कुनै औपचारीक कार्यक्रमको आयोजना भएनन् । २०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफै बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु शुरु गरेको थियो ।
अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।
वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारी सरल, शालीन र सादगी जीवन विताउने नेताको रुपमा पनि चिनिन्छन् । स्वर्गीय अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्धान्त र मूल्य मान्यता अहिले पनि अनुकरणीय र सान्दर्भिक रहेको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो ।




प्रतिक्रिया