शनिबार, वैशाख १३, २०८२

थप ३ हजार ५५६ मा संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

नेपालखोज २०७८ वैशाख १३ गते १८:१०

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यस्तै २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, आज उपत्यकामा मात्रै १ हजार ९१२ जना थपिएका छन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । यस्तै काेराेनाकाे हटस्पट बनेकाे बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया