कन्सुलर सेवा महामारीमा पनि प्रभावकारी

काठमाडाैं । कोरोना महामारीका कारण कतिपय सरकारी सेवाहरू लिन असहज बन्दै गएको बेलामा कन्सुलर सेवा भने थप सहज बन्दै छ । प्रायःजसो सरकारी सेवा लिनका लागि या त घण्टौं कुर्नुपर्ने या कर्मचारीलाई कोरोना संक्रमण भएको छ भनेर पन्छाउने गरिएकोमा कन्सुलर विभागले भने इमेलबाटै धेरै काम सक्ने मेलो गरिरहेको छ । यसैबीच कन्सुलर विभागले सोमबार कन्सुलर सेवाग्राहीका लागि एउटा जरुरी सूचना जारी ग-यो ।
सूचनामा अत्यावश्यक कामका लागि इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर मात्र विभाग आउन, वैदेशिक रोजगार प्रयोजनका लागि गर्नुपर्ने प्रमाणीकरणका लागि पनि सम्बन्धित वैदेशिक रोजगार व्यवसायीहरूमार्फत नै आउन भनिएको छ । झ्वाट्ट हेर्दा कन्सुलर विभागले दैनिक कार्य रोकेर आपत्कालीन सेवा मात्र दिएको हो कि भन्ने भान पर्छ । तर, नआत्तिनुस्, तपाईंको काम रोकिँदैन । कन्सुलर विभागले कन्सुलरसम्बन्धी कुनै पनि काम बन्द गरेको छैन, केवल भौतिक उपस्थितिलाई मात्र निरुत्साहित गरेको हो ।

प्रतिक्रिया