‘तत्काल आन्तरिक उडान रोकिँदैन’

नेपालखोज २०७८ वैशाख १४ गते ७:५०

काठमाडौं । सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाडौं उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ । धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ र टिकट बाँकी रहेका गन्तव्यको भाडा उच्च बिन्दुमा पुगेको हो ।

बुद्ध एअरको बुधबारको धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ । नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ । आइतवारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ

प्रतिक्रिया