सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको निधन

नेपालखोज २०७८ वैशाख १४ गते ८:२२

सप्तरी । दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय सप्तरीका अग्रज पत्रकार उपेन्द्रनारायण मेहताको निधन भएको छ । सरल र स्वाभिमानी छवि बनाएका पत्रकार मेहताको ६७ वर्षको उमेरमा सोमाबार निधन भएको हो ।

आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए ।

उनी हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत थिए । त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

उनको दाहसस्ंकार गाउँमै सोमबार राति गरिएको छ । राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

प्रतिक्रिया