गौरीफन्टा नाकाबाट भित्रिएका १०४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख १४ गते ९:४०

कैलाली । गौरीफन्टा नाका भएर भारतबाट आज फर्किएका १०४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ६८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जनालाई कोरोना पुष्टि भएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले जानकारी दिए ।

सो नाका भएर हिजो ७०० जना भित्रिएका थिए । गौरीफन्टा नाका भएर फर्किने मध्ये हालसम्म १२ हजार ५३९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये एक हजार ३०८ जना सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक ४८ वर्षीय पुरुष सङ्क्रमितको आज निधन भएको छ । मृतक कञ्चनपुरको वेदकोट नगरपालिका–१ का रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया