‘कुन्ती मोक्तानकै धरान धनकुटा भो माधवकुमारकाे राजनीति’
नेपालखोज
२०७८ वैशाख १४ गते ११:२३

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका नेता गाेकुल बास्कोटाले नेता माधव कुमार नेपालको तन मात्र एमालेमा, मनचाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर भएको आरोप लगाएका छन् ।
उनले समाजिक सञ्जालमा लेख्दै यस्ताे बताएका हुन् ।
उनले राजनितीमा राम बहादुर थापा बादलले माओवादी केन्द्र छोडेर रोजेको बाटो सही भएको टिप्पणी पनि गरेका छन् ।
उनले लेखेका छन् ,‘कमरेड नेपाल आधा शताब्दी देखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन्, तर आजभोलि अदालत धाएको हेर्दा कानुनका नौ सिङवाला पो लाग्यो,’ मंगलबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘कुन्ती मोक्तानकै धरान धनकुटा भो उनको राजनीति।’
अगाडि लेखेका छन्, ‘कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही। कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा !’

सम्बन्धित

प्रतिक्रिया