शनिबार, वैशाख १३, २०८२

थप ३ संक्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख १४ गते १२:३०

बुटवल । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजनाकाे र दाङका एकजनाको मृत्यु भएको हाे ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति मृत्यु भएको हो । त्यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा आज बिहान मृत्यु भएको हाे ।

यस्तै दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको पनि आज बिहान नै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

प्रतिक्रिया