शनिबार, वैशाख १३, २०८२

जन्मेको तीन महिनामै छारे रोग, उपचार गर्न पैसा छैन

नेपालखोज २०७८ वैशाख १४ गते १४:०३

सिमकोट । जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् ।

बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको गुनासो गरे । उपचारार्थ जिल्ला अस्पताल पुर्याउँदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको उनको भनाइ छ ।

बालकले आफ्ना आमाबुवा बाहेक अन्य व्यक्तिलाई चिन्न गाह्रो भएको आफन्तको जनाएका छन् । उनी करीव छ वर्षसम्म हिडडुल गर्न नसक्ने भए पनि एक वर्षएता आफैं हिडडुल गर्ने गरेको बताइएको छ । बालकलाई खुला छोड्दा माटो र अन्य वस्तु खाने भएकाले बौद्धिक अपाङ्गता भएका संस्थामा पालनपोषण गर्न विभिन्न निकायमा हारगुहार गरिएको छ । रासस

प्रतिक्रिया