रुपन्देहीमा पनि निषेधाज्ञा हुन सक्ने
नेपालखोज
२०७८ वैशाख १४ गते १५:१३

रुपन्देही । रुपन्देही जिल्ला कार्यालयले पनि निषेधाज्ञा गर्न स्थानीय तह, राजनीतिक दल, व्यावसायिक संघ, संगठन, यातायात व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।
रुपन्देही जिल्लामा लकडाउन गर्ने वा निषेधाज्ञा गर्ने वा अन्य कुनै मोडालिटीमा जाने भन्ने विषयमा बुधवार डीसीसीएमसी रुपन्देही (जिल्ला कोभिड संकट व्यवस्थापन समिति) को बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए ।
सम्बन्धित
प्रतिक्रिया