जसपा पदाधिकारी बैठक : जुटेन सहमति, भोलि फेरि बस्‍ने

नेपालखोज २०७८ वैशाख १४ गते १५:२२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको छलफल कुनै ठेट निष्कर्षमा नपुगी सकिएकाे छ ।

पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको उक्त बैठक नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेपछि बसेको थियाे ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज मंगलबार बिहान बसेको छलफलबाट जसपाले कुनैपनि निष्कर्ष निकाल्न नसकेको हो। पार्टीभित्र दुई धार देखिएको जसपामा ठाकुर र महतो ओली नेतृत्वको सरकारको समर्थनमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन्। कुराकानी नमिलेपछि बैठक निष्कर्षविहीन भएकाे बताइएकाे छ ।

प्रतिक्रिया