थप ४,५२४ मा संक्रमण पुष्टि, १८ जनाको मृत्यु
नेपालखोज
२०७८ वैशाख १४ गते १७:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ पीसीआर परीक्षणमा ४ हजार ३ सय ६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षणमा १ सय ६० गरी ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ लाख ६ हजार २ सय २५ जना पुगेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३ सय १५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
सम्बन्धित
प्रतिक्रिया