शनिबार, वैशाख १३, २०८२

स्वास्थ्यकर्मीलाई लामो बिदा बस्न नदिन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

नेपालखोज २०७८ वैशाख १४ गते १८:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने तथा यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएकाे छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो ।

त्यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, तथा थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन समेत निर्देश गरेकाे छ ।

मन्त्रालयले आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले अस्पतालहरुलाई पठाएको पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि भनिएको छ ।

प्रतिक्रिया