काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च, एकैदिन थपिए १९६६ संक्रमित

नेपालखोज २०७८ वैशाख १४ गते १७:५९

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमण दर उच्च हुन थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १९६६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा गरी १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया