बेडको अवस्था हेरेर ओपीडी सेवा बन्द गर्नुस् : स्वास्थ्य मन्त्रालय
नेपालखोज
२०७८ वैशाख १४ गते १८:०५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शय्या (बेड) को अवस्था हेरेर बहिरङ्ग सेवा (ओपीडी) तथा इलेक्टिभ सर्जरीलगायतका सेवा बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले कोरोना सङ्क्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि आवश्यकताअनुसार ओपीडी र शल्यक्रिया सेवा बन्द गर्न निर्देशन दिएको हो ।
अस्पतालको उपलब्ध शय्या, जनशक्ति, कोरोना सङ्क्रमितको सङ्ख्याका आधारमा आकस्मिक बाहेकका सेवा बन्द गर्न मन्त्रालयले भनेको छ । बैठकले कुनै पनि डाक्टर तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने तथा यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न पनि सबै अस्पताललाई निर्देशन दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया