शुक्रबार, असार २०, २०८२

गभर्नर अधिकारीले भने- ‘अर्थतन्त्र थप प्रभावित हुन सक्छ

नेपालखोज २०७८ वैशाख १४ गते १८:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र थप प्रभावित हुने बताएका छन् । राष्ट्र बैंकले आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम बढेको बताएका हुन् ।

कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको भन्दै उनले मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने बताए ।

महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको बताएका उनले कोभिड–१९ अझै रहेकोले जोखिम भने कायमै रहेको बताए ।

पछिल्लो समय देखिएको कोरोना त्रासका कारण अर्थतन्त्र पुनः अप्ठेरोमा पर्ने खतरा रहेको र अर्थतन्त्रलाई सहि लयमा अघि बढाउन राष्ट्र बैंकले भूमिका खेल्ने पनि उनले बताए ।

प्रतिक्रिया