सिंगटी हाइड्रोको आइपीओ दोस्रो बजारमा, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) आज (बुधबार)देखि दोस्रो बजारको कारोबारमा आउने भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो (मंगलबार) सूचीकृत भएसँगै आजबाट दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।
नेप्सेले कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको रेञ्ज तोकेको छ । कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरी २६ लाख ९७ हजार कित्ता शेयर चैत २७ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।
बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।
कम्पनीको संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर रहेको छ ।
प्रतिक्रिया