कोरोना परीक्षणपछि कांग्रेस बैठक आज बस्दै

नेपालखोज २०७८ वैशाख १५ गते ९:३४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पिसिआर परीक्षणका कारण स्थगित भएको थियो । पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आज बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया