लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखमा, मुख्यमन्त्रीको पद संकटमा

काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन १९ वैशाखमा आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउन प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्तापछि ६ वैशाखमा प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरिएको थियो ।
त्यसैअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम १९ वैशाख (आइतबार) दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन तोकेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा छ ।
यसअघि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, सोही दिन अविश्वासको प्रस्तावमा हस्ताक्षर भएका तीनसहित जसपाका चार सांसद सरकारमा सहभागी भएपछि त्यहाँको सत्ता समीकरणले नयाँ मोड लिएको थियो ।
त्यसको केहि समयमै फेरि मुख्यमन्त्रीको पद संकटमा परेको छ ।

प्रतिक्रिया