ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरि फरार
नेपालखोज
२०७८ वैशाख १५ गते ९:५६

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ का एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।
फरार रहेका श्रीमानकाे खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।
सम्बन्धित

प्रतिक्रिया