शुक्रबार, असार २०, २०८२

प्रभु सेलेक्ट फन्ड व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटललाई

नेपालखोज २०७८ वैशाख १५ गते १०:४९

काठमाण्डौ । प्रभु सेलेक्ट फण्ड व्यवस्थापन गर्न प्रभु क्यापिटल लिमिटेडले पाउने भएको छ । प्रभु म्युचुअल फण्डमा रही सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासन गर्न प्रभू क्यापिटलले पाउने भएको हो । यसको लागि नेपाल धितोपत्र बोर्डले प्रभु क्यापिटल लिमिटेडलाई स्वीकृतिसमेत दिएको बताइएको छ ।


२०७७ बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बोर्डले स्वीकृति दिएको हो ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पूँजी बजारमा उपलब्ध सबैखाले स्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ ।

हालको अवस्थामा पनि क्यापिटलले विभिन्न स्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ, जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ, जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ ।


यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् ।

प्रतिक्रिया