बुधबार, असार ११, २०८२

सुनको मूल्य ७ सयले घट्याे

नेपालखोज २०७८ वैशाख १५ गते ११:४८

काठमाडौं । नेपाली बजारमा आज ( बुधवार ) सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो ।

आज सुनको मूल्य तोलामा ७ सयले कमी आई प्रतितोलामा ९० हजार ५ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ ।

मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमी आई प्रतितोला चाँदी १३ सय ५ कायम भई कारोबार भइरहेको छ ।

प्रतिक्रिया