कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
नेपालखोज
२०७८ वैशाख १५ गते १४:४०

काठमाडौं । बुधवार (आज) का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवम् केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार बैठक स्थगन गरिएको कांग्रेसले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया