बिहीबार, वैशाख २०, २०८१

आरबीबी मोवाईल बैंकिङ महामेलाका विजयीहरु घोषणा

नेपालखोज २०७८ वैशाख १५ गते १६:०१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोवाईल बैंकिङको प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे आरबीबी मोवाईल बैंकिङमहामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको छ

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबीबी मोवाईल बैंकिङ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ

प्रतिक्रिया