थप ४ हजार ८९७ जनामा संक्रमण, ७७३ जना निकाे भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट जम्मा १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७ सय ७४ र १ सय २३ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ३ सय ६४ र होम आइसोलेसनमा २७ हजार ८ सय ४५ जना रहेका छन् ।
आज भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १४ सय ६४ गरL कुल २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर ५४ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८९ दशमलब ३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया