‘ओलीले विधानविपरीतका क्रियाकलाप बन्द नगरे हाम्राे अभियान बन्द हुँदैन’

नेपालखोज २०७८ वैशाख १५ गते १७:४७


काठमाडाैं । नेकपा (एमाले) का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् ।

बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरेको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताए ।

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताए । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उनको भनाई छ ।


नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताए । नेपालको कानुन बमोजिम ओलीले आफुलाई कारबाहि गर्न नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया