शनिबार, वैशाख ८, २०८१

एनआईबिएल एस क्यापिटल र गरिमा विकास बैंकबीच सम्झौता

नेपालखोज २०७८ वैशाख १५ गते १७:५४

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५ प्रतिसत गरिमा ऋणपत्रको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेको छ ।

बैकले एक हजार अंकित दरको दश लाख कित्ताले हुने एक अर्ब मात्र रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ ।

बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र बैकले २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो ।

बैंकले २०६४ कात्तिक १८ मा स्याङजाबाट वित्तीय कारोबारहरु सुरु गर्याे । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्दिय कार्यालय महेन्द्रपुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो ।

हाल बैंकको ३४ जिल्लामा एक सय छ वटा शाखा कार्यालयहरु संचालित छन् ।
उक्त सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज बुधबार हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया