बाँकेमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या पाँच
नेपालखोज
२०७८ वैशाख १६ गते १०:१३

बाँके । बाँकेमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ । पछिल्लाे तथ्यांक अनुसार बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हाे। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ५ जनाको मृत्यु भएको बाँकेकाे भेरी अस्पतालले जनाएकाे छ ।
नेपालगन्ज ४ का ६० वर्षिय पुरुषको बुधवार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै सोही समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको थियो ।
त्यसैगरी भेरी अस्पतालमा बुधवार राती १० बजे नेपालगन्ज ९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको थियो । । बुधवार राति र बिहीबार विहान मृत्यु भएका गरी पाँच जना पुगेकाे अस्पतालले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया