कोरोनाको दीर्घकालीन असर कस्तो होला ? संक्रमणमुक्त भए पनि जोखिम उस्तै

काठमाडौं । एउटा ताजा अध्ययनमा भनिएको छ- कोरोना संक्रमणबाट मुक्त भएपछि पनि मानिसमा विभिन्न किसिमका दिर्घकालिन स्वास्थ्य समस्याका अतिरिक्त, स्वस्थ भएको ६ महिनासम्म मृत्युको जोखिम उच्च रहन्छ ।
नेपाल लगायत संसारभर अहिले करोडौँ मानिस कोरोना संक्रमणबाट मुक्त भै आफुलाई स्वस्थ महसूस गरिरहेका छन् । यद्यपि अहिले के भन्न थालिएको छ भने कोरानाबाट मुक्त भएकाहरुको स्वास्थको हेरचाहका लागि एउटा दिर्घकालिन संयन्त्रको आबश्यक्ता छ । त्यसो किन भनिएको हो भने बैज्ञानिकहरु यो संक्रमणको दुष्प्रभाव मानव शरिरमा निकै लामो समयसम्म कायम रहने कुरामा विस्वस्त हुन थालेका छन् ।
अहिले अरु संक्रामक बिमारीलाई जित्नेहरुको भिडमा कोरोनाबाट मुक्तहरुको संख्या पनि ठुलै भैसकेको छ भने विभिन्न देशका सरकारहरुले बिज्ञहरुसमक्ष कोभिड-१९बाट उत्पन्न हुनसक्ने दीर्घकालिक जटिलताहरुको खोजि एवं त्यसको ब्यबस्थापनका लागि आग्रह गरिसकेका छन् ।
कोभिड–१९ पोजिटिभ व्यक्तिलाई कहिले र कस्तो अवस्थामा अस्पतालबाट डिस्चार्ज गर्ने अथवा के–कस्तो अबस्थामा घरमै वा कस्तो अबस्थामा अस्पताल भर्ना गरेर उपचार गर्ने भन्ने बिषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एउटा निर्देशिका नै तयार गरेको छ । जसलाई नेपालमा पनि पालना गरिन्छ । यद्यपि डब्ल्यूएचओले अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त भैसकेकाहरुको स्वास्थ माथि निगरानी राख्ने बिषयमा कुनै निर्देशिका (प्रोटोकल) तयार गरिसकेको छैन ।
केहि देशमा स्वस्थ भैसकेका कोरोनाका बिमारीले गर्नुपर्ने ब्यायाम तथा खानुपर्ने खानाका सम्बन्धमा पनि निर्देशिका तयार गरिएको छ । जुन आधारभुतरुपमा शरिरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कुरामा केन्द्रीत छ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले विभिन्न देशमा कोभिड–१९ बाट संक्रमीत भै स्वास्थलाभ गरिसकेका बिमारीहरुसँग कुराकानी गरेका थिए । कुराकानीका समयमा उनीहरु स्वस्थ भएको ४ देखि ६ महीना बितिसकेको थियो । यो अनुसन्धानमा संलग्न कतिपय मानिस कोभिडबाट मुक्त भए पनि फोक्सो तथा डर–छटपटिआदिको समस्यासँग जुधिरहेका थिए ।
‘नेचर’जर्नलमा हालै प्रकाशित एक अध्ययन भनिएको छ – कोभिड–१९ को लक्षण महिनाँैसम्म कायम रहन सक्छ भने स्वस्थ भैसकेका बिमारीमा संक्रमणको ६ महीना पछिसम्म मृत्युको जेखिम ५९ प्रतिशतसम्म रहन्छ । क्लिनिकल इपीडेमियोलोजी सेन्टर, रिसर्च एण्ड डेवलपमेन्ट सर्भिस, वीए सेन्ट लुईस हेल्थ केयर सिस्टम, सेनट लुइस, एमओ, यूएसएको जायिद अल–अली, यान शी तथा बेनजामिन बोवेका तर्फबाट गरिएको एक अध्ययनमा संयुक्त राज्य अमेरिकाका ८७ हजार कोभिड रोगीको तथ्यांक केलाईएको थियो ।
कोभिड–१९ को दीर्घकालिक प्रभावका कारण नै मानिसहरु मरेको स्पष्ट र सिधा प्रमाण फेला नपरे पनि यो शोधले पछिल्ला ६ महिनामा कोभिडका एक हजार पूर्ब बिमारी मध्ये आठ जनाको मृत्यु भएको तथ्य पत्ता लगायो । यो अध्ययनमा संलग्न वरिष्ठ लेखक, एमडी जायिद अल–अलीले भनेका छन्– हामी यो भाईरस संक्रमणका कारण तत्काल मृत्युवरण गर्नेहरुको मात्र हिसाब गरिरहेका छौँ जुन बाहिर देखिने कुरा मात्र हो । कोरोनाको दिर्घकालिन असरका रुपमा खडा हुने आगामि समस्या सारा संसारका सबैभन्दा ठुलो स्वास्थ्य संकट साबित हुन सक्छ ।
अलि भन्छन् –कोभिड–१९ को दीर्घकालिन बोझ संसारका लागि निकै भारी साबित हुन गैरहेको छ, यो रोगको प्रभाव कैयौं वर्षसम्म अथवा दशकौँसम्म देखा परिरहन सक्छ । अहिले संक्रमण मुक्त भैसकेका हजारौं मानिस थकान, छटपटि, बिचलनदेखि लिएर फोक्सोको संक्रमणसम्मका समस्याले सताइन थालेका छन् भने यो समस्या भोलिको सबैभन्दा ठुलो स्वास्थ्य संकटका रुपमा पनि अगाडि आउन सक्छ ।

प्रतिक्रिया