शुक्रबार, वैशाख ७, २०८१

सीइडीबी हाइड्रोपावरको साधारण शेयर भोलिदेखि निष्काशन हुने

नेपालखोज २०७८ वैशाख १६ गते १२:२३


काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि शुक्रबारबाट साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

सो मध्ये कम्पनीले दुुई प्रतिशत अर्थात ५० हजार तीन सय ६५ कित्ता सेयर कर्मचारी र पाँँँच प्रसितशले हुने एक लाख २५ हजार नौ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी दुुई वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटृड गरी तीन वटा आयोजनाहरु निमार्ण भइरहेको छ ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता एक सय अंकित दरको २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण शेयर वैशाख १७ गते अर्थात भोलिदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

प्रतिक्रिया