बुधबार, वैशाख १७, २०८२

भारतले भन्यो- यूएनको सहयोग चाहिँदैन

नेपालखोज २०७८ वैशाख १६ गते १२:२८

काठमाडाैं । कोरोनाका कारण अहिले भारतको अवस्था शिथिल बनेको छ । संयुक्त राष्ट्रसंघ (यूएन) ले कोभिड-१९ विरुद्ध लड्नका लागि सहयोग गर्ने भने पनि भारतले भने सहयोग नलिने भन्दै इन्कार गरिदिएको छ ।

यूएनका उपप्रवक्ता फरहान हकले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार भारतले यूएनबाट आउने सहयोगको प्रस्ताव इन्कार गरेको हो ।

फरहान हकले पीटीआईको प्रश्नको उत्तरमा जनाएअनुसार कोभिडसँग जुध्‍न आवश्यक सामानको सहयोग गर्ने भन्दै भारतसँग हात बढाएको तर भारतले हामीलाई तपाईंहरुले दिने मद्दतको आवश्यक नभएको बताएकाे जनाइएकाे छ ।

भारतले आफूहरु पहिलेदेखि नै मजबुत अवस्थामै रहेको बताएको पनि हकले जनाएका छन् । आवश्यक परे सहयोग दिन तयार रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।

भारतीयहरुले यूएनमा रहेर गरेको सहयोगलाई उपप्रवक्ता हकले धन्यवाद पनि दिएका छन् । यी दिनहरुमा भारत कोरोनाको डरलाग्दो चपेटामा रहेको छ । -बीबीसी

प्रतिक्रिया