निषेधाज्ञाकाे अवज्ञा गर्ने एक हजारभन्दा धेरै गाडी होल्डमा

नेपालखोज २०७८ वैशाख १६ गते १३:२५

काठमाण्डौं । काठमाण्डौ उपत्यकामा बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षाकर्मीले सुरक्षा चेकजाँचमा पनि कडा पारेका छन् ।

अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको र मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ । निषेधाज्ञाकाे अवज्ञा गर्ने एक हजारभन्दा धेरै गाडीलाई प्रहरीले होल्डमा राखेको छ ।

प्रहरीका अनुसार होल्डमा हुनेमा भने दुई पाङ्ग्रे गाडी धेरै छन् । अहिलेसम्म ८ सय १५ वटा दुई पाङ्ग्रे गाडी र दुई सय ३३ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिबाहेकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणबाट बच्न बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गर्दै आएकाे छ।

प्रतिक्रिया