‘तेस्रो मुलुक जाने भारतीयलाई नराेकिदिनू’

नेपालखोज २०७८ वैशाख १६ गते १३:४६

काठमाडौं। भारतीय राजदूतावसले भारतीय नागरिकलाई तेस्रो मुलुक जाने लागेकाे भए नराेकिदिन अनुराेध गरेकाे छ ।

दुतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारसमक्ष यस्ताे अनुराेध गरेकाे हाे । नेपालहुँदै अन्य मुलुक जाने क्रममा निर्बाधरूपमा जान दिन भारतीय दुतवासले अनुराेध गरेकाे हाे ।

नेपालमा बढ्दो कोरोना संक्रमणका कारण विदेशी नागरिकलाई प्रतिबन्ध लगाएपछि भारतीय दूतावासले यस्तो अनुरोध गरेको हाे ।

पछिल्लो समय विभिन्न मुलुक जाने भारतीय नागरिकले नेपालकाे बाटाे प्रयाेग गर्दै आएका छन् ।

कोरोना नियन्त्रणमा नेपाल सरकारले लिएको सुरक्षा नीतिलाई दृष्टिगत गर्दै भारतीय दूतावासले आफ्ना नागरिकलाई नेपाल नआउन सल्लाहसमेत दिएकाे छ ।

प्रतिक्रिया