भारतमा आधिकारिक तथ्यांकभन्दा बीस गुणा बढी संक्रमित

काठमाडाैं । इंस्टीट्यूट फर हेल्थ म्यट्रिक्स एंनड इभ्याल्यूएशन आईएचएमईको ताजा अनुसन्धान अनुसार २०२१ को अगस्त महिना लग्दा/नलाग्दै भारतमा कोभिड १९ का कारण मृृत्युबरण गर्नेहरुको संख्या ९ लाख ५० हजार पुगिसकेको हुनेछ ।
जबकी त्यतिबेला सम्म संसारभर साढे ५०लाख मानिस मृत्युको काखमा पुगिसक्ने अनुमान छ । अर्थात् कोभिड १९ का कारण हुने कुल मृत्युमा भारत एकलैको बीस प्रतिशत हिस्सेदारी रहनेछ ।आईएचएमई वाशिंगटन विश्वविद्यालयस्थित स्वास्थ्य अनुसनधान केंद्र हो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको तथ्यांकअनुसार २६ अप्रिल, २०२१ सम्म कोभिडका कारण ३१ लाख भन्दा बढी मानिस मरिसकेका छन् ।
भारतमा करिब दुई लाख मानिसले यही रोगका कारण प्राण त्यागेका छन्। आईएचएमईका अनुसार यही गति कायम रहने हो भने १५ मेसम्म भारतमा दैनिक १३ हजार भन्दा बढीको मृत्यु हुनेछ । त्यो २७ अप्रिलमा भारतमै भएको करिब साँढे छ हजार कोभिड मृत्यु भन्दा दोब्बर हो।
आईएचएमईको अनुसन्धानमा संलग्न वाशिंगटन विश्वविद्यालय का प्राध्यापक क्रिस्टोफर जे एल मुरेकाअनुसार अहिले भारत सरकारद्वारा प्रत्येक दिन जारी हुने कोविड १९ का संक्रमितहरुको संख्याको तुलनामा यथार्थ संक्रमित कैयाैं गुणा बढी छन् ।
भारतमा कोभिड को संक्रमण र यसबाट हुने मृत्यु घातक रुपमा लगातार बढिरहेको छ । हाम्रो सर्वेक्षण विश्लेषणले के देखाउँछ भने भारतमा कोरोना संक्रमण पत्ता लगाउने दर नै पाँच प्रतिशत भन्दा कम छ । अर्थात् यो दर अहिले ३ देखि ४ प्रतिशतको छेउछाउ मात्र छ । यसको अर्थ हो भारतमा दैनिक जति संक्रमित प्रमाणित भैरहेका छन् त्यसमा बिसले गुणा गरेमात्र यथार्थ संक्रमितको संख्या निस्कन्छ ।
प्राध्यापक मुरेका अनुसार अहिले भारत एउटै मुलुकमा दुई हप्ता पहिले विश्वभर देखिएको संक्रमणभन्दा पनि बढी संक्रमण भैरहेको छ । मुरेको विश्लेषण अनुसार, भारत सरकारको दैनिक तीन लाख नयाँ संक्रमित थपिईरहेको तथ्यांकका आधारमा त्यहाँको वास्तविक संक्रमण दैनिक ६० लाख भएको अनुमान गर्न सकिन्छ । विभिन्न संचारमाध्यमकाे सहयाेगमा ।
प्रतिक्रिया