पेट्रोल पम्प बन्द नहुने
नेपालखोज
२०७८ वैशाख १६ गते १४:४३

काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प बन्द नहुने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको हाे ।
उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिइएको छ ।
देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको भन्दै निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नरहने जनाएकाे छ ।
साथै निगमले इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रहसमेत गरेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया