निषेधाज्ञामा आपूर्ति सहज बनाउन सरकारद्वारा र्‍यापिड रेस्पोन्स टोली गठन

नेपालखोज २०७८ वैशाख १६ गते १५:३२

काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा अत्यावश्कीय वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन टोली गठन गरेको ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि जारी गरिएको निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई व्यवस्थापन र्‍यापिड रेस्पोन्स टोली गठन गरेको जनाएको छ ।

मन्त्रालयको बुधबार बसेको बैठकले निषेधज्ञाको बहानामा आपूर्तिमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुलगायतको ढुवानी र आपूर्तिमा सहजीकरणका लागि अन्तरमन्त्रालयको समन्वयमा दु्रत प्रतिक्रियात्मक टोली गठन गरेको हो ।

जसमा आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मी रहेका छन्।

प्रतिक्रिया