सिसीएमसीले गठन गर्यो जनताका गुनासा सम्बोधन गर्ने संयन्त्र
नेपालखोज
२०७८ वैशाख १६ गते १५:४३

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।
सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको हो ।
जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया