शुक्रबार, असार २०, २०८२

निषेधाज्ञाको पहिलो दिन : नेप्से २५ अंकले बढ्दा चार अर्ब ३५ करोडको सेयर किनबेच

नेपालखोज २०७८ वैशाख १६ गते १५:५४

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन नै नेप्से सूचक बढेको छ । नेप्से आज (बिहिबार) २५ दशमलव८२ अंकले बढेर २६ सय ११ दशमलव१० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले बढेर ४ सय ६९ दशमलव २ अंकमा पुगेको छ ।

नेप्सेमा २ सय १७ वटा कम्पनीहरुको ५० हजार ६ सय ७३ पटकको कारोबारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर खरिद विक्री हुंदा कुल कारोबार रकम ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २ सय ४९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा होटल तथा पर्यटन र लगानी समुहको सूचक क्रमश २७ दशमलव ७७ र शून्य दशमलव ११ अंकले घटेपनि बाँकी समूहको सूचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक ७ दशमलव ५५ अंकले बढेर १७ सय ७४ दशमलव १६ अंकमा पुगेकोमा निर्जिवन बीमा समूहको सूचक पनि १ सय २४ दशमलव ८ अंकले बढेर १२ हजार ९ सय १९ दशमलव ६७ अंकमा पुगेको छ ।

जीवन बीमा समूहको सूचक पनि १ सय ४२ दशमलव ८८ अंकले बढेर १६ हजार ९ सय २४ दशमलव ४८ अंकमा पुग्दा विकास बैंक, जलविद्युत, लघुवित्त, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समूहको सूचकहरु पनि बढेका छन् ।

आज सिंगटी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ६३ रुपैयाँमा कारोबार भएकोमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ दशमलव ८२ प्रतिशतले घटेर २ सय ४१ रुपैयाँमा कारोबार भएको छ ।

आज नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) को प्रतिकित्ता ३ सय ५२ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ९६ लाख ९४ हजार ५ सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया