बाबुराम भट्टराई वीर अस्पतालमा

नेपालखोज २०७८ वैशाख १६ गते १६:२८

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ( जसपा )का नेता नेता बाबुराम भट्टराई पेटको न्युरो इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी गराएका छन् ।

यस अघि उनी यही रोगको उपचारको लागि दिल्ली गएका थिए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘ पेटको न्युरो इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुनेनै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ कोरोनाको दोश्रो लहरसंग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।’

प्रतिक्रिया