शुक्रबार, जेठ ४, २०८१

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त

नेपालखोज २०७८ वैशाख १६ गते १७:०६

पोखरा । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । मनाङ ‘ख’ बाट निर्वाचित उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए । उनि मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

प्रतिक्रिया