आइतबार, वैशाख २३, २०८१

युहान इन्टरनेसनल इभेन्ट्सका सानु खान सम्मानीत

नेपालखोज २०७८ वैशाख १६ गते १७:१२


काठमाडौं । राजधानीमा आयोजित नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०७७ अन्तर्गत युहान इन्टरनेसनल इभेन्ट्सका सानु खान राष्ट्रिय कार्यक्रम आयोजक सम्मान २०७७ बाट सम्मानीत भएका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा सानु खान कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाको हातबाट सम्मानीत भएका हुन् ।

कार्यक्रममा वरिष्ठ संगीतकार शंभुजित बाँसकोटा, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतका उपस्थित भएका थिए । कार्यक्रम स्टार वन् इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना तथा विलक्षण क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

युहान इन्टरनेसनल ईभेन्ट्सको ब्यानरमा आधा दर्जन वर्ष भन्दा बढी समय इभेन्ट आयोजना र व्यवस्थापनमा सक्रिय रहँदै आएका सानु खानलाई स्तरीय कार्यक्रमको आयोजना एवं व्यवस्थापन तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारको उपस्थिति गराएर नेपाली इभेन्टको स्तर तथा ख्याति वृद्धिमा योगदान पु¥याए बापत उक्त सम्मान प्रदान गरिएको हो ।

यस बाहेक सानुले बलिउडका चर्चित संगीतकर्मी बादशाहलाई होली पर्वको अवसरमा सन् २०१६ मा बादशाह लाइभ इन नेपाल तथा सन् २०१७ मा चर्चित ब्रिटिस गायक जे सिनलाई क्लब डेजाभूमा एकल लाइभ कन्सर्टमा सफलतापूर्वक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया