बिहीबार, वैशाख १३, २०८१

हुवावेको पहिलो त्रैमासमा १५२ बिलियन भन्दा बढि राजश्व संकलन

नेपालखोज २०७८ वैशाख १६ गते १७:१५

शेन्जेन, चीन । हुवावेले २०२१ को पहिलो त्रैमासिकको व्यापार परिणाम घोषणा गरेको छ । परिणाम पूर्वानुमान गरिएझैं पाइएको छ ।
पहिलो त्रैमासिकमा हुवावेले १५२.२ बिलियन राजस्व संकलन गरेको छ । जुन वार्षिक रुपमा १६.५% ले घटेको हो । नोभेम्बर २०२० मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणामस्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको छ भने आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको हो । हुवावेले कुल नाफा ३.८ प्रतिशत पोइन्ट वार्षिक ११.१% मा बृद्धि भएको छ – जुन कम्पनीको संचालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६०० मिलियन अमेरिकी डलरको रोयल्टी आयको परिणाम पनि हो ।

२०२१ हाम्रो लागि अर्को चुनौतीपूर्ण वर्ष हुनेछ तर यो फेरी हाम्रो भावी विकास रणनीतिले आकार लिने वर्ष हुनेछ, हुवावेका रोटेटिंग अध्यक्ष एरिक झुले भन्नुभयो । हामी हाम्रा ग्राहकवर्ग र साझेदारहरूको निरन्तर विश्वासका लागि धन्यवाद दिन्छौं । जस्तोसुकै चुनौती आए पनि हाम्रो व्यापारलाई बलियो राख्नेछौं । केवल टिकाउको लागि मात्र नभई दिगो रूपमा कार्य गर्नेछौं । सँधै जसरी हामी हाम्रा ग्राहकहरुको आवश्यकतामा ध्यान दिनेछौं र व्यावहारिक व्यापार भ्यालु प्रदान गर्न जारी राख्ने छौं ।

हुवावेले फाइभजीको भ्यालु पूर्ण रूपमा अगाडि ल्याउने कोशिस गर्दैछ । यसले विश्वभरका क्यारियरहरूलाई उपभोक्ता र उद्योगहरूको मागहरू एकसाथ पूरा गर्दै उनीहरूको फाइभजी नेटवर्क रोल आउट गर्न मद्दत पु¥याइरहेको छ जहाँ यसले डेलिभरी दक्षता बढाइरहेको छ । यसले आफ्नो सफ्टवेयर इञ्जिनियरिंग क्षमताहरू सुधार गर्न र सफ्टवेयर क्षेत्रमा लगानी बढाउने क्रम जारी राख्दछ र क्रमिक रूपमा यसको कुल राजस्व मिक्समा सफ्टवेयर र सेवाहरूको अनुपात वृद्धि गर्दछ । हामी बजारमा प्रतिबन्धका कारण आएको चुनौतीहरूको निरन्तर सामना गर्ने भएको हुँदा सधैं जस्तै हामी प्राविधिक इनोभेसन र आर् एण्ड डीमा धेरै लगानी गर्न प्रतिबद्ध छौं । झुले भन्नुभयो । हामी आधारभूत विज्ञानमा निरन्तर सफलता हासिल गर्ने छौं र टेक्नोलोजीको सीमालाई अगाडि बढाउने छौं ।

यहाँ सार्वजनिक गरिएका वित्तीय तथ्यांकहरु अनअडिटेड अंकहरु जस्ताको त्यस्तै संकलित हुन, जुन अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिग मापदण्डहरुसँग अनुपालन छन् ।

प्रतिक्रिया