शनिबार, जेठ ५, २०८१

बर्जर पेन्ट्सको ‘बर्जर उपहारको वर्षा २०७९’

नेपालखोज २०७९ जेठ २ गते १६:४१

काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । बर्जर पेन्टस् नेपालमा २ दशकदेखि सजावटी पेन्टहरूमा एक चिरपरिचित ब्रान्ड रहँदै आएको छ । आफ्ना नवीनतम उत्पादन एवं विशिष्ट सेवाहरूका साथ प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल रहेको बर्जर पेन्टस्ले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको छ ।

योजनाअन्तर्गत, ७५ हजार रुपैयाँबराबरको बर्जर पेन्टसको कुनै पनि इमल्सन उत्पादन खरिद गरे ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन् । लक्की ड्रमार्पmत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन् । अन्य बम्पर पुरस्कारमा सीजी ४३’ टीभी, सामसुङ ७.५ केजी टप लोडिङ वासिङ मेसिन, भिडियोकन १९० लिटर फ्रिज र सीजी भ्याकुम क्लिनरहरू रहेका छन् ।

यो योजना बर्जरको वेदरकोट लङलाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्पm सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन परिवार, बाइसन इमल्सन परिवार र बाइसन लाइट इमल्सनमा लागु हुनेछ ।

बर्जर पेन्ट्स नेपालमा डेकोरेटिभ पेन्ट्सको श्रेणीमा अग्रणी पेन्ट कम्पनी हो । यसले सिल्क ब्रिद इजी, वेडरकोट लङलाइफ, वेदरकोट च्याम्प, इजी क्लिन, सिल्क इल्युसन, सिल–ओ–प्राइम र अटोमेटेड एक्सपी मेसिनहरूमार्फत सञ्चालन हुने सम्पूर्ण एक्सप्रेस पेन्टिङ सर्भिसहरूजस्ता धेरै नवीनतम् उत्पादनहरू प्रस्तुत गरिसकेको छ ।

बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताको आवश्यकताप्रति प्रतिबद्ध रही उपभोक्ताहरूको सन्तुष्टिलाई ध्यानमा राखी वातावरणमैत्री बाहिरी तथा भित्री उत्पादनहरू उपलब्ध गराई ‘नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी’का रूपमा स्थापित गरेको छ । नेपालमा ग्रिन पेन्टको अवधारणा पहिलोपटक बर्जर पेन्ट्सले ल्याएको र बर्जरका उत्पादनहरूमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियमजस्ता हानिकारक तत्त्वहरू मिसाइएको छैन ।

प्रतिक्रिया