विप्लव समूहका नेता माइला लामा रिहा

नेपालखोज २०७८ वैशाख १६ गते २१:४६

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन् । अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन् ।

भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए ।

सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता–कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो । तर, पार्टीले नै धरौटी तिरेर लामालाई रिहा गराएको हो

प्रतिक्रिया